काठमाडौं । कोभिड १९ रोगथाम तथा नियन्त्रणको लागि आज झापा जिल्लाको बाह्रदशी गाउंपालिकाका ६० जना कोरोना बिरामीहरुलाई रोग विरूद्ध लड्ने आयुर्वेदिक औषधिहरु निशुल्क वितरण गरिएको छ । आज एक समारोहमा कोरोना बिरामीहरुलाई रोग विरूद्ध लड्ने आयुर्वेदिक औषधिहरु निशुल्क वितरण गरिएको हो । ६० जना कोरोना बिरामीहरुलाई रोग विरूद्ध लड्ने आयुर्वेदिक औषधिहरु निशुल्क वितरण गरिएको आयुर्वेदिक शाखा बाह्रदशी चकचकीका प्रमुख कविराज जट्टाशंकर झाले जानकारी दिए । साथै झाले आयुर्वेद औषधि तथा जटिबुटीहरुलाई नेपालमा प्रर्बधनको लागी नेपाल सरकारबाट आवश्यक पहल कम भएको गुनासो गरे ।
कोरोना पिडित बिरामीहरूलाई यस आयुर्वेदिक शाखाबाट आमलकी चुर्ण च्वयनप्राश अबले गुडु ची चुर्ण अश्वगन्धा चुर्ण लगाएतका औषधिहरु निशुल्क वितरण गरिएको शाखा प्रमुख झाले जानकारी दिए । त्यस्तै स्वास्थ्य शाखा बाह्रदशीले पनि मास्क तथा सेनिटाइजर वितरण गरेको स्वास्थ्य शाखा प्रमुख रामकुमार शाहले जानकारी दिए ।
सो औषधि वितरण समारोहमा ब्राहदशी गाउं पालिकाका अध्यक्ष खड्क प्रसाद राजवंशी वड़ा नम्बर ५ का अध्यक्ष भुपेन्द्र कटुवाल ६ नम्बर वड़ा अध्यक्ष रत्नयोङ्ग हाङ्ग र ७ नम्बर वड़ा अध्यक्ष मित्र भट्टराईको पनि उपस्थित रहेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend