काठमाडौं । विज्ञापन बोर्डले क्लिनफिड लागु भइसकेको अवस्थामा विदेशी च्यानलहरूमा विज्ञापनसहित प्रसारण गरेको भेटिए कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ । बोर्डले बुधबार एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो ।
क्लिनफिड लागु भइसकेको अवस्थामा केही वितरकहरुले अहिले पनि विज्ञापनसहित विदेशी च्यानलको प्रसारण गरिरहेको भन्ने उजुरी परेको भन्दै बोर्डले त्यस्तो पाइएमा कारबाही गर्ने बताएको हो । बोर्डले कानुनी व्यवस्था विपरित प्रसारण नगर्न नगराउन पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend