शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

पार्टीको एक मात्र आधिकारिक उम्मेदवार रामबहादुर थापा हुनुुहुन्छः प्रवक्ता ज्ञवाली 

पार्टीको एक मात्र आधिकारिक उम्मेदवार रामबहादुर थापा हुनुुहुन्छः प्रवक्ता ज्ञवाली 

नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय सभा उपनिर्वाचनमा आफ्नो पार्टीबाट निर्वाचित सबै जनप्रतिनिधिले गृहमन्त्री रामबहादुर थापालाई मतदान गर्ने बताएका छन्।

एमालेको विवाद समाधान गर्न गठित कार्यदलको मंगलबार बसेको बैठक लगत्तै ज्ञवालीले यस्तो प्रतिक्रिया दिएका हुन्। “पार्टीको एक मात्र आधिकारिक उम्मेदवार रामबहादुर थापा हुनुुहुन्छ,” परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले भने, “एमालेबाट निर्वाचित सबै जनतिनिधिहरूले उहाँको पक्षमा मतदान गर्नुहुन्छ।” राष्ट्रिय सभाका सदस्य चयनका लागि ६ जेठमा मतदान हुँदै छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend