शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

होटलमा बसेर तास खेल्दै गरेका १० जना पक्राउ

होटलमा बसेर तास खेल्दै गरेका १० जना पक्राउ

प्रतिकात्मक तस्वीर
गौर । होटलमा बसेर तास खेल्दै गरेका १० जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । गौर नगरपालिका १ स्थित सूर्य बेम्बो रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा सोही रेष्टुरेन्टका संचालक सर्लाही बलरा नगरपालिका ३ बस्ने २२ वर्षीय अभिशेष मिश्र समेत १० जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको अवस्थामा उनीहरु होटलमा तास खेलिरहेका थिए।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार ३ सय ६५ रुपैयाँ, ११ थान मोबाइल र ३ सेट तास सहित पक्राउ गरेको हो।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend