काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दलको नेता राजेन्द्र महतो चयन भनेर सञ्चारमाध्यममा आएका प्रचार भ्रमपूर्ण रहेको र कसैले जानकारी दिएको भए त्यसलाई वैधानिकता नदिन भनेका छन् । कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्नेमा हालसम्म सो नभएको समेत यादवले सचिवालयलाई जानकारी गराएका छन् ।
अध्यक्ष ठाकुरले संसदीय दलको नेता राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा पठाएसँगै त्यसको विरुद्धमा यादवले अर्को पत्र पठाएका छन् । उनले पठाएको काउन्टर पत्रमा हालसम्म जसपामा दलको नेता कोही पनि चयन नभएको उल्लेख छ । सहमतिको मसी सुक्न नपाउँदै जसपामा फेरि विवाद चुलिएको छ ।
हेर्नुहोस् पत्र
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend