शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

बादलले मागे माधव नेपालसँग सहयोग

बादलले मागे माधव नेपालसँग सहयोग

काठमाडौं । गृहमन्त्री राम बहादुर थापा बादलले राष्ट्रिय सभाको उपनिर्वाचनमा आफूलाई सघाउन बरिष्ठ नेता माधवकुमार नेपालसँग प्रस्ताव गरेका छन्।

नेपाल निवास कोटेश्वरमा भएको भेटमा जेठ ६ गते हुन लागेको निर्वाचनका लागि बादलले सहयोगका लागि आग्रह गरेका हुन्। भेटवार्ता पार्टीको आन्तरिक विषय र उपनिर्वाचनको विषयमा केन्द्रीत थियो। नेपालले बादललाई निर्वाचनमा सघाउन प्रतिबद्धता जनाएको उनको सचिवालयलयको दाबी छ। गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने नेपालले बताएका छन्,बादलको सचिवालयका एक सदस्यले भने। बादलले नेपालले आफूलाई सहयोग गर्ने दाबी गरे पनि नेपालको सचिवालयले भने भेटबारे जानकारी दिएको छैन।

भेट भएको भए पनि उपनिर्वाचनका बिषयमा कुरा भए नभएको बारे नेपालको सचिवालयले खुलाउन नचाहेको हो। नेपालका स्वकीय सचिव मोहन गौमतले निर्वाचनको बारेमा आफूलाई थाहा नभएको बताए। उपनिर्वाचनका बारेमा म अपडेट छैन, उनले भने।

राष्ट्रिय सभाको उपनिर्वाचनमा बागमती प्रदेशबाट एमालेका तर्फबाट बादल उम्मेद्वार छन् भने विपक्षी गठबन्धनका तर्फबाट डा खिमलाल देवकोटा चुनावी मैदानमा छन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend