काठमाडौं । काठमाण्डौको नेपालटारमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मोटरसाइकल चालक रसुवा घर भएका ३० वर्षीय सन्तोष तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको महाराजगंज स्थित त्रिवी शिक्षण अस्पतालमा उपचारको क्रममा गएराती १० बजे मृत्यु भएको हो ।
बागमती प्रदेश ०२ ०१६ प ५८ ६५ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ९ बजे पल्टिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend