काठमाडौं। सर्वोच्च अदालतले सरकारका नाममा कोरोना नियन्त्रणका लागि ७ दिनभित्र कार्ययोजना ल्याउन आदेश दिएको छ। कोरोना महामारी नियन्त्रण र उपचारसम्बन्धी विस्तृत कार्ययोजना ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा सर्वोच्चले सोमबार अन्तरिम आदेश जारी गरेको हो।
सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सोमबार दिएको आदेशमा औषधि, अक्सिजनलगायत स्वास्थ्य सामाग्रीको विषयमासमेत कार्ययोजना ल्याउन आदेश दिएको छ।
संक्रमितको उपचारमा सहज र समान पहुँच सुनिश्चित गर्न, प्रदेश र स्थानीय तहमा पनि उपचार हुने पूर्वाधार तयार गर्न आदेश दिएको छ। अधिवक्ता मनिषकुमार श्रेष्ठले दायर गरेको रिटमाथि सोमबार सुनुवाई भएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend