ललितपुर । वरिष्ठ पत्रकार बटुकृष्ण कार्कीको आज धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ । पारिवारिक स्रोतका अनुसार डायलासिस गर्दै आइरहेका कार्कीलाई एक्कासी सास फेर्न गाह्रो भएपछि तत्काल सुमेरु अस्पताल पु¥याइएको थियो । इमरजेन्सीमा तत्काल अक्सिजन लगाएपछि सामान्य अवस्थामा आए पनि डायलासिसको लागि तयारी गर्दागर्दै निधन भएको जानकारी गराएका छन् ।
गोदावरी नगरपालिका वडा नं।१२ ठेचो निवासी कार्की लामो समयसम्म विभिन्न संचार माध्यममा आवद्ध रहि पछिल्लो समय स्वतन्त्र पत्रकारका रुपमा कार्य गर्दै आइरहेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend