सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नआत्तिनुस् खुसिको खवर यी अस्पतालमा खाली छन् आईसीयू र भेन्टिलेटर (सूची)

नआत्तिनुस् खुसिको खवर यी अस्पतालमा खाली छन् आईसीयू र भेन्टिलेटर (सूची)

काठमाडौं । सरकारले ठूलो संख्यामा बेड खाली रहेको जनाएको छ। कोरोना संक्रमित बिरामीले अस्पतालमा बेड नपाएको गुनासो गरे पछि यस्तो कुरा बाहिर आएको हो ।

कोरोना संक्रमितको उपचार गरिने काठमाडौं उपत्यकाका १९ अस्पलातमा आइसोलेसन, आईसीयू र भेन्टिलेटर खाली नै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सोमबार दिउँसो २ बजे सार्वजनिक गरेको विवरण अनुसार १९ अस्पतालमा ७ सय ५० आइसोलेसन बेड खाली छन्। २ सय २१ आईसीयू बेड र ६९ भेन्टिलेटर पनि खाली रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सोमबार दिएको तथ्यांकअनुसार यी अस्पतालहरुमा आइसोलेसन बेडको कूल क्षमता २३ सय ८६ रहेकोमा १६ सय ३६ जना मात्रै बिरामीको उपचार भइरहेको छ। ४ सय ६४ आईसीयू बेड रहेकोमा २ सय ४३ जना बिरामी छन्। भेन्टिलेटरमा १ सय ३३ जनाको उपचार भइरहेको छ। यी अस्पतालमा २ सय २ भेन्टिलेटर छन्।

शसस्त्र प्रहरी बल अस्पतालमा ९ वटा आइसोलेसन र ९ वटा आईसीयू बेड खाली छन्। वीरेन्द्र सैनिक अस्पतालमा ४३ आइसोलेसन, ३ आईसीयू र ४ वटा भेन्टिलेटर बेड खाली रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

यस्तै वीर अस्पतालमा पनि सबै खालका बेड उपलब्ध छन् भने नेपाल प्रहरी अस्पतालमा ९३ वटा आईसीयू बेड खाली छन्। त्यहाँ आइसोलेसन एक सय बढी खाली छन् भने ५ वटा भेन्टिलेटर खाली छन्।

कुन अस्पतालमा के छ बेडको अवस्थाः सूचीसहित

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend