काठमाडौं । नेकपा एमालेका प्रभावशाली युवा नेता राम प्रसाद रिजालले सरकारले प्रभावकारी ढंगले काम गरिरहेको सन्दर्भमा पनि सोचे जस्तो ढंगले जनताले राहात पाउन र कोरोना भाईरस महामारीको नियन्त्रण हुन नसकेको बताएका छन । उनले ३ तहका सरकारहरु स्थानीय, प्रदेश र केन्द्र सरकार समन्वयात्मक ढंगले अघि बढ्नु पर्ने आवश्यक रहेको बताए । विश्वलाई नै अहिले कोरोना भाईरस कोभिडले आतंकित बनाएको छ र यसमा नेपाल पनि अछुत नरहेको प्रति रिजालले चिन्ता ब्यक्त गरे।
उनले भने, “भाईरसबाट बच्न लगभग सबै जसो देशमा लगडाउनको अवस्था छ । कोरोना भाईरस सबै देशहरुमा चुनौतीको पहाड़ बनेर खड़ा भएको छ । हाल भारत बाट अनाधिकृत रुपमा मान्छेहरू विभिन्न तरिकाबाट नेपाल पसिरहेकोले सरकारले कड़ा ढंग बाट सिमामा आवाजजावत नियन्त्रण गर्न २४ घण्टै सुरक्षाकर्मी परिचालन गर्नूपर्दछ ।”
विपन्न वर्ग तथा मजदूर वर्ग लगडाउनको कारण निक्कै मारमा परेकोले सरकारले राहत वितरण प्रणालीलाई प्रभावकारी बनाउनु पर्ने कुरामा रिजालले जोड दिए ।उनले सबै मुख्य दलहरुलाई समावेश गरेर कोरोना भाईरस महामारीलाई नियन्त्रण गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर अघि बढनु पर्ने बताए ।
सरकारले जनताको जीवनयापनलाई सहज बनाउने किसिमले आफ्नो राज्य संयन्त्रलाई परिचालन गरेर सरकारले आफ्नो उपस्थित बलियो बनाउनु पर्ने कुरामा जोड दिए । सरकारले लगडाउनलाई कडाईको साथ पालना गराउनु पर्ने र हामी सबैले सामाजिक दुरीलाई कायम गर्न गराउन सक्नु नै कोरोना भाईरसको हालको अवस्थाको औषधि हो भन्दै रिजालले सुझाव पेस गरे ।
उनले भने, “कोराना महामारीले जनता उपचार गर्न नपाएर दिनहुं मरिरहेका छन, जनताहरु भोकले मरिरहेका छन, एमालेको सरकार कम्युनिस्ट सरकारले कोरोनालाई परास्त गर्न राज्यका सबै संयन्त्रहरु प्रयोग गरोस जनतालाई सरकारको उपस्थित भएको आभास होस अन्य पार्टीहरुको पनि सहयोग लिएर सबैको साझा समस्याको रुपमा हामी सबै एकताबद्ध भएर कोरोना महामारी संग छिट्टै हामी विजय प्राप्त गर्ने छौ ।”
देशभरका अस्पतालहरुमा अक्सिजन सिलिंडर र भेन्टिलेटरको पर्याप्त रुपमा व्यवस्था गर्न नेपाल सरकार लगाएत सम्बन्धित सरोकारवालाहरु र हामी सबै नेपालीहरूको पनि ध्यान जाओस भन्दै रिजालले सबैले कोरोना महामारीलाई नियन्त्रण गर्न आ आफ्नो ठाऊंबाट सक्दो सहयोग गरौं भनेका छन । उनले भने, “पार्टी जाति समुदाय भन्दा माथी उठेर एउटा मानवताको नाताले सहयोग गर्ने कुरामा कसैबाट कन्जुस नगरौं । लापरवाही गरेर हामी बसे सबैलाई कोरोनाले मृत्युशैयामा पुर्याउने छ ढिलो चांडो मात्र हो सबैलाई चेतनाहोस ।”
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend