बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

मदनआश्रित स्मृति दिवसकै दिन निधार खुम्च्याउने गरी डा भट्टराईको आयो यस्तो स्टाटस्

मदनआश्रित स्मृति दिवसकै दिन निधार खुम्च्याउने गरी डा भट्टराईको आयो यस्तो स्टाटस्

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले जननेता मदन भण्डारीको नाममा स्वार्थको रोटी सेक्ने तर्फभन्दा उनीहरुको दुर्घटना अथवा हत्या के हो भन्ने रहस्य सुल्झाउन लाग्नुपर्ने बताएका छन् । मदनआश्रित स्मृति दिवसमा डा भट्टराईले यस्तो बताएका हुन् । डा भट्टराईले सामाजिक सञ्जालमार्फत मदन-आश्रितको नाममा स्वार्थको रोटी सेक्ने काम बन्द गर्नु पर्ने बताएका छन ।

मदनपत्नी विद्यादेवी भण्डारी राष्ट्रपति भएको र उनका उत्तराधिकारी दाबी गर्ने केपी शर्मा ओली प्रधानमन्त्री भएको अवस्थामा उक्त रहस्य सुल्झाउनु पर्ने डा भट्टराईको तर्क छ । अहिले उच्चस्तरीय निष्पक्ष छानविन गरेर त्यो रहस्यको अन्तिम निर्क्योल गर्नुपर्ने उनको धारणा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend