सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

उत्तर कोरियाले आणविक हतियार उत्पादन गर्न बनाएको सुरुङ उडायो, आणविक सुरुङ नष्ट गर्दा त्यहाँ ठूलो विष्फोट

उत्तर कोरियाले आणविक हतियार उत्पादन गर्न बनाएको सुरुङ उडायो, आणविक सुरुङ नष्ट गर्दा त्यहाँ ठूलो विष्फोट

उत्तर कोरियाले आणविक हतियार उत्पादन गर्न बनाएको सुरुङ नष्ट गरेको छ । आणविक परीक्षण गर्न बनाइएको सुरुङ उत्तर कोरियाले नष्ट गरेको हो । आणविक क्षेत्रको आणविक हतियार उत्पादन गर्ने सुरुङ नष्ट गर्दा त्यहाँ ठूलो विष्फोट भएको बताइएको छ । उत्तर कोरियाको पंग्गी री भन्ने स्थानमा रहेको आणविक सुरुङ नष्ट गर्दा त्यहाँ ठूलो विष्फोट भएको बीबीसीले उल्लेख गरेको छ ।
विभिन्न देशहरुसँग बढ््दै गएको उत्तर कोरियाको सम्बन्ध सुधार्न कोरिया आफैले आणविक कार्य अत्य गर्न लागेको हो । स्काइ न्यूजका एशिया संम्बाददाता टोम चेसिरेका अनुसार आणविक हतियार उत्पादन गर्ने सुरुङ नष्ट गर्न गएका अधिकारीहरुले त्यहाँ एक, दुई, तीन भनेर गन्ती गरेका थिए । त्यसपछि त्यहाँ ठूलो विष्फोट भएको थियो । धुलो र ताप ५०० मिटरभन्दा परसम्म पुगेको थियो । उनी लगायत अन्य २० जना पत्रकारहरु त्यहाँ अवलोकन गर्न गएका थिए । उनीहरु आणविक क्षेत्रभन्दा ५०० मिटर पर बसेर त्यसको अवलोकन गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend