सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएको भन्दै नेपाली बजारमा पनि मुल्य बृद्धि गरेको हो । पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य बढाएको हो।

पेट्रोलको मूल्य लिटरको एक सय २३ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य लिटरको एक सय ६ रुपैयाँ र हवाइ इन्धनको आन्तरिक उडानतर्फको मूल्य लिटरको ७८ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए।

एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य यथावत छ। वृद्धि भएको मूल्य आइतबार राती १२ बजेबाट कार्यान्वयनमा आउने निगमले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend