धनगढी । नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले अक्सिजन प्लान्ट खरिदका लागि आर्थिक सहयोग गरेकी छन् । उनले धनगढी उपमहानगरपालिकालाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेकी हुन ।
देउवाले आइतबार अक्सिजन प्लान्ट र सिलिन्डर खरिदका लागि उपमहानगरपालिकाले खडा गरेको मेयर कल्याणकारी कोषमा उक्त रकम जम्मा गरेकी हुन् । कोरोना संक्रमितको उपचारका लागि अक्सिजन प्लान्ट स्थापना र सिलिन्डर खरिद गर्न देउवाले उक्त रकम सहयोग गरेको उनको स्वकीय सचिव प्रकाश देउवाले जानकारी दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend