काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ बदर गर्न माग गर्दै कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन्।
प्रधानमन्त्री ओलीले वैशाख ३१ गते पद तथा गोपनियताको शपथ लिने क्रममा प्रतीज्ञा गर्दछुु भन्ने राष्ट्रपतिले उच्चारण गरेको शब्द त्यो पर्दैन भन्दै उच्चारण गरेका थिएनन्।
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्रबहादुर ओली र केशरजंग तथा अधिवक्ता विरभद्र जोशी, सन्तोष भण्डारी र रामबहादुर शाही रिट लिएर सर्वोच्च गएका हुन्। त्यस्तै संघीय संसदको सदस्य नभएको व्यक्तिलाई पटक पटक मन्त्री बनाउने काम भइरहेकाले त्यो पनि बदर गरियोस् भनेर कानुन व्यवसायीहरुले रिट निवेदनमा उल्लेख गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend