बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

प्रेस पास र ज्याकेटको दुरुपयोग भईरहेको भन्दै प्रेस काउन्सिलले निकाल्यो यस्तो कडा विज्ञप्ती

प्रेस पास र ज्याकेटको दुरुपयोग भईरहेको भन्दै प्रेस काउन्सिलले निकाल्यो यस्तो कडा विज्ञप्ती

काठमाडौं । प्रेस काउन्सिल नेपालले गैह्र पत्रकारले प्रेस पास र ज्याकेटको दुरुपयोग गरिरहेको भन्दै आइतबार विज्ञप्ती जारी गरि व्यावशायीक पत्रकारलाई गम्भिर बन्न आग्रह गरिएको छ।

एक व्यक्ति प्रेस ज्याकेट लगाएर लागु औषध ओसारपसारमा संलग्न रहेको समाचार आएसँगै प्रेस काउन्सिलले विज्ञप्ती निकाल्दै भनेको छ, नेपाल पत्रकार महासंघ, सूचना विभाग, सम्पूर्ण व्यावशायीक पत्रकारलाई यस विषयमा गम्भिर बन्न प्रेस काउन्सिल नेपाल हार्दिक अनुरोध गर्दछ।

यसैगरि काउन्सिलले नक्कली प्रेस पास र ज्याकेट बनाएर दुरुपयोग गर्नेलाई कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ। निषेधाज्ञाको समयमा पत्रकारलाई सूचना विभागले जारी गरेको पासका आधारमा आवतजावत गर्न दिइएको छ। कार्यालयले जारी गरेको परिचयपत्र र प्रेस लेखेको ज्याकेट लगाएकै भरमा पनि सुरक्षा निकायले आवातजावतमा रोक लगाएका छैनन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend