काठमाडौं । कोरोनाभाइरसको संक्रमण वृद्धिदर केही घटेको देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार तीन सय ६८ जनामा संक्रमण देखिएको छ। देशभर १९ हजार पाँच जनाको स्वाब परीक्षण गरिएको थियो। आज सात हजार तीन सय ६८ जनामा संक्रमण देखिएको हो। त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट एक सय ४५ जनाको ज्यान गएको छ। योसँगै मृत्यु हुनेको संख्या पाँच हजार एक पुगेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend