काठमाडौँ । नेकपा एमाले भित्र देखिएको विवाद समाधान गर्न १० सदस्यीय कार्यदल गठन भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको वार्तामा कार्यदल बनाउने सहमति जुटेको हो । वरिष्ठ नेता नेपालका अनुसार कार्यदलमा ओलीको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।
नेपालको पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् । कार्यदललाई तीन दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने धारणा राखेको जानकारी दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend