बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

ओमानबाट ल्याइयो ५६० वटा अक्सिजन सिलिन्डर

ओमानबाट ल्याइयो ५६० वटा अक्सिजन सिलिन्डर

काठमाडौं । नेपाल एयरलाइन्सले ओमानको मस्कटबाट पाँच सय ६० वटा अक्सिजन सिलिन्डर ल्याएको छ। गैरआवासीय नेपाली संघको सहयोग गरेका अक्सिजन सिलिन्डर नेपाल एयरलाइन्सको वाइडबडी ए ३३० जहाजले शनिबार साँझ काठमाडौं ल्याएको हो। नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त सिलिन्डर ल्याएको जनाएको छ। अक्सिजन सिलिन्डर लिन निगमको जहाज शनिबार बिहान मस्कट उडेको थियो।

त्यस्तै, चीनको राजधानी बेजिङबाट अक्सिजन सिलिण्डर लिन वाइडबडी जहाज शनिबार राति ११ बजे त्यसतर्फ प्रस्थान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। वाइडबडीले चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर ल्याउनेछ।

यसअघि पहिलो खेपमा चीनबाट चार सय अक्सिजन सिलिन्डर ल्याइएको थियो। चीन सरकारले अक्सिजन सिलिन्डर तथा अन्य स्वास्थ्य सामाग्री दिने घोषणा गरेको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend