बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

यस्तो छ आज मौसम पूर्वानुमान

यस्तो छ आज मौसम पूर्वानुमान

काठमाडौं । आइतबार देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिणपूर्वी भूभाग नजिक रहेको न्युन चापीय प्रणालीको प्रभाव रहेको देखिन्छ ।

आज दिउँसो देशकाप्रदेश १ लगायत देशका अन्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। यस्तै देशका पहाडी भू(भागका थोरै स्थानहरुमा थोरै स्थानहरुमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend