बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नेपाल आयल निगमले तरल अक्सिजन आयात गर्ने तयारी अघि बढायो

नेपाल आयल निगमले तरल अक्सिजन आयात गर्ने तयारी अघि बढायो

Equipment medical Oxygen tank and Cylinder Regulator gauge.Control pressure oxygen gas for care a patient respiratory disease and emergency CPR at Hospital.Close up focus on fish pond background.

काठमाडौं । कोरोना महामारीका बेला अक्सिजनको अभाव देखिएपछि नेपाल आयल निगमले तरल अक्सिजन आयात गर्ने तयारी अघि बढाएको छ ।

पेट्रोलियम पदार्थको आयात र बिक्री वितरण गर्दै आएको निगमले वर्तमान अवस्थालाई ध्यानमा राखी तरल अक्सिजन आयातमा समन्वय गर्न लागेको जनाइएको छ ।

भारतबाट तरल अक्सिजन खरिदका लागि नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनलाई पत्राचार गरेको छ । यस्तै निगमले खरिद गर्नका लागि सरकारको अनुमति चाहिने भएकाले अनुमतिका लागि निगमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि पत्राचार गरेको जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग पनि छलफल गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । प्रवक्ता उपाध्यायले भने, “महामारीमा अहिले अक्सिजनको अभाव छ । त्यसो भएको हुनाले निगमले तरल अक्सिजनका लागि समन्वय र सहजीकरण गर्न खोजेको हो, हामीले सीधै खरिद गर्न मिल्दैन । आपूर्ति मन्त्रालयले अनुमति दिनुपर्छ, सरकारले अनुमति दिए हामीले ल्याउन पहल गर्छौं ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend