काठमाडौँ । निषेधाज्ञाका कारण घरमै सीमित भएका बालबालिका तथा किशोरहरुको मानसिक स्वास्थ्यका लागि स्मार्ट प्यारेन्टिङ नेपालले कान्ति अस्पतालको बालबालिका तथा किशोर मानसिक रोग विभागसँग मिलेर शनिबार एक कार्यक्रम गरेको छ।
भर्च्युअल माध्यमबाट भएको कार्यक्रमममा मनोविद् रामपुकार शाहले बालबालिकाहरु तथा किशोरकिशोरीहरुको मानसिक स्वास्थ्यका विभिन्न विषय र व्यवस्थापका पक्षबारे अभिभावकहरुसँग अन्तर्क्रिया गरेका थिए।
बालबालिकाहरुसँग कोभिडबारे कुराकानी गर्ने भन्दै बालबालिकाहरु तथा किशोरकिशोरीहरुको मानसिक स्वास्थ्यसम्बधी आवश्यकताहरुबारे पनि जानकारी गराएका थिए।
बालबालिकाहरु तथा किशोरकिशोरीहरुलाई तनावका लक्षणहरु जस्तैः भावनात्मक लक्षणहरु, शारीरिक लक्षणहरु, व्यवहारगत लक्षणहरु पहिचान गराउन सहयोग गर्ने विधिबारे पनि उनले उल्लेख गरेका थिए।
शाहले कार्यक्रममा बालबालिकाहरु तथा किशोर किशोरीहरुलाई तनावसँग सामना गर्न केही विधिहरु, निषेधाज्ञामा मानसिक स्वास्थ्यको स्याहार गर्ने तरिकाहरु पनि कार्यक्रममा उल्लेख गरेका थिए।
उनले बालबालिका तथा किशोरकिशोरीका मानसिक स्वास्थ्यबारे विशेषज्ञ सहयोग आवश्यक परेमा कान्ति बाल अस्पतालको हेल्पलाइन नं ९८०८५२२४१० मा सम्पर्क गर्न सकिने जानकारी पनि दिएका थिए।
कार्यक्रममा स्मार्ट प्यारेन्टिङ नेपालका कबिन्द्र नापितले यस्ता कार्यक्रमबाट बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य जोगाइराख्न मद्दत पुग्ने भन्दै मनोविद् शाहलाई धन्यवाद दिएका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend