सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राष्ट्रकवि घिमिरेको उपचार नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा

राष्ट्रकवि घिमिरेको उपचार नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा

केही समय देखी बिरामी पर्नु भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि भारत लगिएको छ । धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा उपचार गराइरहेका घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लगिएको हो । घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा उपचारका लागि भारत लगिएको परिवारले जनाएको छ ।
गत वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तस्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएका थिए । उनको उपचारमा संलग्न चिकित्सक डा. विवेक शर्माले सानो आन्द्राबाट नियमित रक्तश्राव आउने ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारको लागि भारत लैजान सुझाव दिएको बताए ।विसं १९७६ असोज ७ गते जन्मिएका घिमिरेको मुटु, मिर्गौला र फोक्सोमा समस्या देखिएकाले चार महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend