बाँके । कोरोना साक्रमणका कारण बाँकेमा एक जना पत्रकारको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण पत्रकार रईस शाहीको शनिबार मृत्यु भएको छ। लामो समयदेखि सञ्चार संस्थामा आवद्ध रहेका शाहीको शनिबार कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ निवासी ४४ वर्षीय शाहीलाई बैशाख १८ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो। नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य समेत रहेका शाहीको ९ वर्षीया छोरी र ४ वर्षको एक छोरा छन्। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार शाहीको शनिबार बिहान ८ बजे मृत्यु भएको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend