काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता चलेको छ । आजको भेटवार्ता सिंहदरबारमा भइरहेको छ ।भेटमा ओलीका तर्फबाट ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, विष्णु रिमाल सहभागी छन् ।नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल र गोकर्ण बिष्ट सहभागी छन् । आजको भेटवार्तामा कार्यदललाई पूर्णता दिई सुझावका आधारमा अगाडि बढ्ने सहमतिको प्रयास भइरहेको बुझिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend