सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पछिल्लो २४ घण्टामा ८ हजार ५२० जनामा कोरोना, २०३ को मृत्यु

पछिल्लो २४ घण्टामा ८ हजार ५२० जनामा कोरोना, २०३ को मृत्यु

काठमाडौं । आज थप आठ हजार पाँच सय २० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने दुई सय तीन जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार चार सय ७८ जनाको स्वाब परीक्षण गर्दा आठ हजार पाँच सय २० जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये २० हजार नौ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार चार सय ६७ र पाँच सय ३० जनाको एन्टिजन परीक्षण गर्दा ५३ जनामा संक्रमण देखिएको छ।

त्यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई सय तीन जनाको ज्यान गएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार हजार ६ सय ६९ पुगेको छ।

आज ६ हजार एक सय ३५ जना निको भएका छन्। योसँगै कोरोनाबाट निको हुनेको संख्या तीन लाख २७ हजार ६ सय ५३ पुगेको छ।अहिलेसम्म चार लाख ३९ हजार ६ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend