बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सपथग्रहणमा तीन मन्त्री अनुपस्थित हुनुको कारण बल्ल खुल्यो

सपथग्रहणमा तीन मन्त्री अनुपस्थित हुनुको कारण बल्ल खुल्यो

काठमाडौं । नवगठित मन्त्रिपरिषद्का सदस्यहरूलाई पनि पद तथा गोपनीयताको सपथ गराइएको छ । शुक्रबार प्रधानमन्त्रीमा ओलीसँगै उनका मन्त्रिपरिषद्का सदस्यहरुले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् । तर ओलीको मन्त्री परिषद्का ३ जना मन्त्री भने, सपथग्रहण समारोहमा उपस्थित भएनन् ।

श्रममन्त्री गौरीशंकर चौधरी र सामान्य प्रशासनमन्त्री गणेश ठगुन्नालाई केही दिन पहिले कोरोना संक्रमण पुष्टि भएर अहिले आइसोलेसन भएका कारण सपथग्रहण समारोहमा उपस्थित नभएका हुन ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक पनि अस्वस्थताको कारण सपथ ग्रहणमा उपस्थित हुन नसकेका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend