वैदेशिक रोजगारीका नाममा ठगी धन्दा बढदो छ । सरकारी कर्मचारी देखी झोले एजेन्ट मेनपावर कम्पनी देखी सवैले कामदार माथि ठगी गरेको आरोप बारम्बार आउने गर्छ । अहिले यो क्षेत्रका सवैको कमाउने नजर बसेको छ । यस्तै मलेसियास्थित नेपाली दूतावास मलेसियामा कार्यरत कर्मचारी नै म्यानपावर व्यवसायमा रहेको रहस्य खुलेको छ । दूतावासका सवारी चालक प्रविन प्रधान ‘उत्सव एच आर सोलुसन प्रालि’ पिङ्गलास्थान गौशलाको कार्यकारी निर्देशक रहेको पाइएको छ । प्रधान नेपाली दूतावास मलेसियाको प्रशासन विभागतर्फको सवारी चलाउँछन् ।उनले विभिन्न कम्पनीहरुमा पुगेर नेपाली कामदारहरुको मागपत्र लिने र दूतावासमा अन्य मेनपावर व्यवसायीहरुको कागजपत्र वैधानिक गर्ने गरेको खुलेको छ । उनी दूतावासका कर्मचारीका रुपमा कम्पनीमा पुगेर सम्बन्ध बनाउने र दूतावसमा म्यानपावर व्यवसायीको सेटिङ मिलाउने काममा संलग्न रहेको स्रोतको दावी छ । मलेसियामा गैरकानुनी रुपमा बस्दै आएका नेपाली कामदारहरुसँग आर्थिक मिलेमतो गरेर पासपोर्टसमेत बनाउने धन्दामा समेत उनको संलनता देखिएको छ । प्रधानले त्यसका लागि तीन हजार मलेसियन रिंगेट लिने गरेका छन् । दूतावासले यस विषयमा आवश्यक छानवीन भई रहेको बताएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend