सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कम्युनिष्ट पार्टीले धुम्बाराही कार्यालयलाई मुख्यालय बनाउने, पेरिसडाँडामा जनवर्गी संगठनको कार्यालय

कम्युनिष्ट पार्टीले धुम्बाराही कार्यालयलाई मुख्यालय बनाउने, पेरिसडाँडामा जनवर्गी संगठनको कार्यालय

नेकपा एमाले र माओवादी पार्टी गठन भई सके पछि पार्टी कार्यालय कहा राख्ने भन्ने सवैको चासो छ । नेकपा कम्युनिष्ट पार्टीको पार्टी मुख्यालय एमालेको तत्कालिन कार्यालयलाई बनाइने चर्चा छ । धुम्बाराहीको तत्कालिन कार्यालयको संरचना केन्द्रीय कार्यालयका लागि ठीक भएकाले त्यसलाई पाटीको केन्द्रीय कार्यालय बनाउने सहमति भएको छ । अब अध्यक्ष केपी शर्मा ओली पुरानै सिटमा बस्नेछन् भने प्रचण्डले नयाँ ठाउँमा सर्नुपर्ने भएको समाचार प्राप्त भएको छ । उनका लागि कोठाको व्यवस्थापन भइरहेको एक नेताले जानकारी दिए ।
सचिवालय बैठकले नेकपाको केन्द्रीय कार्यालयबारे निर्णय गर्ने जिम्मा अध्यक्षद्वय ओली र प्रचण्डलाई दिएको छ । आपसी परामर्शका आधारमा दुई अध्यक्षले तत्कालीन एमालेको धुम्बाराही र तत्कालीन माओवादीको कोटेश्वरस्थित पेरिसडाँडामध्ये एकलाई केन्द्रीय कार्यालय तोक्ने गरि जिम्मा दिएको नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । तर पार्टी कार्यलयमा सहमति भने भइसकेको छ । काटेश्वरको पेरिसडाँडामा रहेको तत्कालिन माओवादी केन्द्रको कार्यालयलाई जनवर्गी संगठनको कार्यालय बनाइने भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend