रौतहट । कोरोना संक्रमणका कारण पत्रकार मनोज चौधरीको निधन भएको छ। उनी रौतहटको गरुडास्थित मधेस मसला एमएमका स्टेसन मेनेजर तथा जनकपुर टुडेका स्थानीय सम्वाददाता थिए । कोरोना संक्रमण पुष्टि भएपछि १२ दिनदेखि वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा उपचाररत पत्रकार चौधरीको आज साँझ उपचारको क्रममा निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ। पत्रकार चौधरीको निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको महासंघले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend