सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्त गरेकी हुन् । गुरुङलाई आजै सपथ गराउने तयारी छ ।

विपक्षी गठबन्धनको बहुमत नपुगेपछि गुरुङले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको संसदीय दलको नेताका रुपमा सरकारको नेतृत्व गर्नेछन् । उनले फेरी ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ । विपक्षी गठबन्धनलाई राष्ट्रिय जनमोर्चाका दुई सांसदले साथ नदिएपछि गुरुङ पुनः मुख्यमन्त्री बनेका हुन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend