बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

माधव नेपाल र भीम रावल देउवा निवासमा, दिए देउवालाई यस्तो आश्वासन

माधव नेपाल र भीम रावल देउवा निवासमा, दिए देउवालाई यस्तो आश्वासन

काठमाडौं । एमालेका नेता माधवकुमार नेपाल मंगलबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् । नेपाल पक्षको स्थायी कमिटीको भर्चुअल बैठक सकेर नेता माधव नेपाल , भिम रावल लगायतका नेताहरु देउवालाई भेट्न गएका हुन् । नेपाललाई दह्रिलो साथ नेता भीम रावलले दिइरहेका छन । नेपाल, रावल लगायतका नेता सांसद पदबाट राजीनामा गरेर भए पनि अ‍ोलीको विरुद्ध संसदमा बहुमत पुर्याउन सघाउनुपर्ने पक्षमा छन् । यसअघि नेपाल र रावलले देउवालाई आफूहरु ओली सरकार ढाल्न आवश्यक सांसदको राजीनामा गराउन तयार रहेको आश्वासन दिएका थिए । नेपाल पक्षका सांसदले राजीनामा गरे सरकार गठनमा संख्या पुग्ने देउवाको बुझाइ छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend