बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

ट्‍वीटर मार्फत कमल थापाको आयो अहिले सम्मकै कडा टिप्पणी

ट्‍वीटर मार्फत कमल थापाको आयो अहिले सम्मकै कडा टिप्पणी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार र अभ्यासले नेपाली कांग्रेसको भलो नगर्ने बताएका छन् । सामाजिक सञ्‍जाल ट्‍वीटरमा अध्यक्ष थापाले निष्पक्ष चुनावको वातावरण सुनिश्‍चित गरी ६ महिनाभित्र नयॅा चुनावमा जाने प्रस्ताव पनि गरेका छन् ।

अपवित्र गठवन्धन बनाएर,पार्टी फुटाएर,सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार र अभ्यासले कंग्रेसको भलो गर्दैन,प्रजातन्त्र विकृत हुन्छ
थापाले ट्‍वीटरमा लेखेका छन्, निष्पक्ष चुनावको वातावरण सुनिश्‍चित गरी ६ महिनाभित्र नयाँ चुनाव गरौं। विगतका त्रुटि कमजोरी हटाऔॅ । चुनाव मात्र विद्यमान संकटको समाधान हो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend