काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमण्यम स्वामीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा भारत रहेको बताएका छन्।
मंगलबार ट्विटरमा उनले नेपालबारे आफूलाई थाहा भएसम्म प्रधानमन्त्री ओली भारतको रोजाइमा परेको भन्दै यदि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएमा चीनको जीत हुने बताएका हुन् ।
नेता स्वामीले ट्विटरमा लेखेका छन्, ‘नेपालबारे मलाई थाहा भएसम्म भारतको रोजाइ ओली हुन्, यदि प्रचण्ड प्रधानमन्त्री भए भने चीनले जितेको ठहर्छ ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend