काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट एकैदिन २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार सार्वजनिक गरेको विवरण अनुसार एकैदिन २२५ जनाको मृत्यु भएको हो । यससँगै कोरोनाले मृत्यु हुने कूल संख्या ४ हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ९ हजार ४८३ संक्रमित थपिएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend