सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

खोप खरिदमा भ्रष्टाचार नभएको स्वास्थ्यमन्त्री त्रिपाठीको दावी

खोप खरिदमा भ्रष्टाचार नभएको स्वास्थ्यमन्त्री त्रिपाठीको दावी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोप खरिदमा भ्रष्टाचार नभएको दाबी गरेका छन्। उनले खोप खरिदमा कमिसन नदिएको र आफूले पनि नलिएको बताएका हुन्।

स्वास्थ्य मन्त्रालयले मंगलबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । मन्त्री त्रिपाठीले भने, ‘म स्पष्ट पार्न चाहन्छु– खोप खरिदका लागि कसैलाई एक पैसा कमिसन दिएका छैनौं र लिएका पनि छैनौं।’

खरिद गरेको २० लाख डोजमध्ये १० लाख डोज आएको जानकारी उनले दिए। भारतको खोप उत्पादन कम्पनी सिरम इन्स्टिच्युटमा आगलागी भएको र भारतमा पनि संक्रमण बढेकाले बाँकी खोप ल्याउन ढिलाइ भएको उनको भनाइ छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend