काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमित बिरामीको उपचारका लागि अक्सिजनको अभाव हुन नदिन सरकारलाई आदेश दिएको छ। न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी गर्दै भनेको छ, “संक्रमितको उपचारका लागि आवश्यक पर्ने औषधी र अक्सिजनको आपूर्ति सहज बनाउनू, थप साधनयुक्त अस्पतालहरू संचालनमा ल्याउनू साथै अस्पतालहरूमा विरामीहरूको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ती तत्काल गर्नू।”
अधिवक्ता शैलेन्द्रप्रसाद अम्वेडकरले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले संक्रमित व्यक्तिहरू दिनदिनै बढ्दै गइरहेकोले कोही पनि उपचारबाट बिमुख हुन नपर्ने व्यवस्था गराउन सरकारका नाममा आदेश दिएको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend