बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सूर्य थापाले ट्विटरमा माधव नेपालको स्केच राखेर यस्तो लेखे

सूर्य थापाले ट्विटरमा माधव नेपालको स्केच राखेर यस्तो लेखे

काठमाडौं । नेकपा एमाले नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दारी क्षम्य हुन नसक्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा नेता माधवकुमार नेपालको स्केच राख्दै थापाले पार्टी २०७५ जेठ २ गतेमा फर्किने नभई २०७८ जेठ २ गतेतर्फ अघि बढ्ने बताए ।

थापाले लेखेका छन्, ‘पार्टी २०७५ जेठ २ गतेमा फर्किनु हुँदैन, २०७८ जेठ २ गतेतर्फ अघि बढ्नुपर्छ । आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दारी क्षम्य हुन सक्दैन । नेता जन्माउने–बनाउने पार्टी र जनताले हो । महान् शुद्धीकरण र सुदृढीकरणको प्रक्रियामा अघि बढौं । सुकेका पात झर्छन्, चिन्ता नगरौं ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend