बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

ओलीको कारण एमाले सकियो भन्दै युवा नेता रिजाल आक्रोशित

ओलीको कारण एमाले सकियो भन्दै युवा नेता रिजाल आक्रोशित

काठमाडौं । नेकपा एमाले माधव पक्षका नेता रामप्रसाद रिजालले केपी ओलीका कारण एमाले सकिएको टिप्पणी गरेका छन । खवर बेक्रिङ डटकमसँग कुराकानी गर्दै नेता रिजालले एमाले पार्टी सकिएको र जनताले एमालेलाई बत्ती बालेर खोज्ने दिन आउने बताएका हुन । ओलीको सत्तामोह तानशाही प्रवृत्तिको कारण नेपाल कम्युनिस्ट पार्टी ३ टुक्रा भएको स्मरण गराउँदै नेता रिजालले फेरी ओलीले एमाले समाप्त गरेको  आरोप लगाएका छन ।

उनले भने, ‘देश रुदा हास्ने उखान टुक्का सुनाउदै मज्जा लिने प्रधानमन्त्रीको कुर्सीमा सुतेर बस्ने देश र जनताको लागि सिन्को पनि नभाच्ने ओली राष्ट्रघाती प्रतिगामी प्रवृतिका हुन । ओली प्रधानमन्त्री भए पछि मुलुक र व्यवस्था माथि नै खतरा आएको सबैलाई चेतना होस ।’

बहुमत नपुगे पछि ओली र बादलहरुको मादल चाहिं राम्रै संग फुटेको तर्क गर्दै नेता रिजालले राजनीति सेवा हो पेसा होइन तर ओलीले पेशा बनाएको आरोप लगाए । उनले भने, ‘ओली सरकार इतिहास कै नालायक हो, नैतिकता भए प्रधानमन्त्रीले तुरुन्तै राजिनामा दिनुपर्छ ।होईन भने संसदले अब प्रकृयागत ढंगले हटाउछ । सत्यको अघाढी ओली जस्ता तानशाही हरु धेरै नटिक्ने संसारकै नियम रहेको छ ’ सामुहिक राजीनामाले एमाले फुटेको र ओलीले एमाले पार्टी को दाह–संस्कार गरेको आरोप लगाएका छन । नेपालको राजनीतिमा अब बैकल्पिक शक्तिको उदय हुने नेता रिजालको तर्क छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend