काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद गोकुल प्रसाद बाँस्कोटाले माधव नेपाललाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका रहेको बताएका छन् । तत्काल कारबाही गर्न हतार गर्न नहुने उनको भनाई छ ।
आज विहान सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । माधव नेपाल पक्षधर २८ जना सांसद हिजो संसद्मा अनुपस्थित भएका थिए । पार्टीले सांसदहरुलाई ह्वीप लगाएको थियो । तर, नेपाल पक्षधर सांसदहरुले ह्वीप उल्लंघन गरेका थिए । यही सन्दर्भमा नेता बाँस्कोटाको यस्तो टिप्पणी आएको हो । यस्तो छ बाँस्कोटाको टिप्पणी
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend