बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाउनु हुनेछः कमल थापा

प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाउनु हुनेछः कमल थापा

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले नाटकीय परिवर्तन भएन भने आज प्रधानमन्त्रीले संसदमा विश्वासको मत गुमाउने र आजै राजीनामा आउने बताएका छन्। ट्विट गर्दै उनले आजै राजीनामा आउने बताएका हुन्।

‘आजै राजीनामा आउला, फेरि पनि प्रधानमन्त्री बन्न सक्नुहोला,’ उनले लेखेका छन्, ‘जे होस् अनेक विवाद र असफलताका बाबजुद लिम्पियाधुरासहितको चुच्चे नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मूलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भइरहने छ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend