काठमाडौं । आज कानून दिवस हो । यो अवसरमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको विकासमा प्रतिबद्धता जनाएका छन् । कानून दिवस, २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सो प्रतिबद्धता जनाएका हुन् । आजको विशेष दिनले न्याय, समानता र विधिको शासनको प्रत्याभूतिको लागि क्रियाशील रहन सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास समेत उनले व्यक्त गरेका छन् ।
प्रधानन्याधीश राणाले कानुन दिवस कानून र न्याय क्षेत्रका लागि मात्र नभई सबै क्षेत्र र नागरिकको तहसम्म पनि त्यत्तिकै महत्वपूर्ण भएको भन्दै यसलाई राष्ट्रिय पर्वकै रुपमा मनाउन पनि विशेष आग्रह गरेका छन् । विक्रम सम्वत् २००९ साल वैशाख २६ गते प्रधान न्यायालय ऐन लागू भएको दिनको सम्झनामा ‘कानुन दिवस’ मनाइन्छ । कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले औपचारिक कार्यक्रम नै आयोजना गर्दथ्यो । तर गत वर्ष र यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण सर्वोच्चले कुनै कार्यक्रम आयोजना गरेको छैन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend