सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रहरीद्वारा अस्पताललाई २६ वटा सिलिण्डर हस्तान्तरण

प्रहरीद्वारा अस्पताललाई २६ वटा सिलिण्डर हस्तान्तरण

रुपन्देही । कपिलवस्तु प्रहरीले कपिलवस्तुका २ अस्पताललाई २६ वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । प्रहरी उपरीक्षक नवराज अधिकारीले कपिलवस्तु र बहादुरगंज अस्पताललाई सो सिलिन्डर हस्तान्तरण गरेका हुन् । यति बेला सबै जसो ठाउँमा अक्सिजन अभावमा बिरामीहरुको उपचारमा समस्या भइरहेका छ । यस्तो आपत बिपत्को बेलामा प्रहरीद्वारा अस्पताललाई २६ वटा सिलिण्डर हस्तान्तरण गर्नु भनेको स्वागतयोग्य र प्रर्शसनीय काम हो ।

प्रहरी उपरीक्षक नवराज अधिकारीले कपिलवस्तु अस्पतालका अध्यक्ष तथा मेयर किरण सिंहलाई १६ र कृष्णनगर नगरपालिका मेयर र जनप्रताप शाहलाई १० सिलिण्डर प्रदान गरेका थिए । विभिन्न उद्योग कर कारखानामा रहेको सिलिन्डर संकलन गरी अस्पतालाई हस्तान्तरण गरेको प्रहरी उपरिक्षक अधिकारीले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend