काठमाडौ । सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोरोना भाइरस (कोभिड १९)को युनिफाइड (एकीकृत) केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले वीर अस्पतालको नयाँ भवनलाई कोभिड १९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको हो। शुरुमा ५०० शय्याको हुने यो अस्पतालको विस्तारै क्षमता विस्तार गरिने मन्त्रिपरिषद बैठकमा सहभागी युवा तथा खेलकुद मन्त्री दावा तामाङले जानकारी दिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend