बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

राष्ट्रपति कार्यालयलाई पार्टी कार्यालय बनाइयोः कांग्रेस सांसदहरू

राष्ट्रपति कार्यालयलाई पार्टी कार्यालय बनाइयोः कांग्रेस सांसदहरू

काठमाडौं । नेपाली कांग्रेसको आज बसेको संसदीय दलको बैठकमा कांग्रेस सांसदहरू राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति आक्रोशित बनेका छन् । बैठकमा संवैधानिक जिम्मेवारी बहन गर्नुपर्ने दायित्व भए पनि ओली समूहको प्रवक्ताझैँ बनेको भन्दै राष्ट्रपतिको आलोचना भएको हो । बैठकमा बोल्दै संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रपति भण्डारी दलको विवाद मिलाउन सक्रिय रहेको बताएका थिए । बैठकमा अधिकांश सांसदहरूले राष्ट्रपति कार्यालयलाई पार्टी कार्यालय बनाइएको भन्दै आलोचना गरेका थिए । बैठकमा सांसद डिला संग्रौलाले राष्ट्रपतिले पार्टी कार्यकर्ताको भूमिका निर्वाह गरेको भन्दै आलोचना गरेकी थिइन् । त्यसै गरी राष्ट्रपतिको आलोचना गर्नेहरूमा सांसदहरू गगन थापा, मिन विश्वकर्मालगायत थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend