बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

असंवैधानिक तवरबाट अध्यादेश ल्याइएको छ, यसको हामीले दह्रो प्रतिकार गर्नुपर्छः देउवा

असंवैधानिक तवरबाट अध्यादेश ल्याइएको छ, यसको हामीले दह्रो प्रतिकार गर्नुपर्छः देउवा


फाइल तस्बिर

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी ओली समूहको प्रवक्ता बनेको आरोप लगाएका छन् । आज शनिबार पार्टी संसदीय दलको बैठकमा संसदीय दलका नेता देउवाले यस्तो आरोप लगाएका हुन । उनले राष्ट्रपति राष्ट्रको अभिभावक बन्‍न नसकेको आरोप लगाए ।  ‘राष्ट्रपतिले मुलुकको अभिभावकीय भूमिका निभाउनुपर्नेमा पार्टीको सक्रिय राजनीति गरिरहनु भएको छ । उहाँ सत्तारुढ एमालेको पनि अध्यक्ष केपी शर्मा ओली समूहको प्रवक्ता जस्तै बनेर काम गरिरहनु भएको छ,’ देउवाले बैठकमा भने, ‘उहाँ मुलुकको अभिभावक होइन, पार्टीको राष्ट्रपति बन्‍नुभयो ।’

प्रधानमन्त्री ओलीले संविधान मिच्दा राष्ट्रपति सच्याउनतर्फ लाग्‍नुपर्नेमा उल्टै उनको सहयोगीको रूपमा काम गरेको आरोप देउवाले लगाए । देउवाले संवैधनिक पदमा बसेर सक्रिय राजनीति गरेको भन्दै राष्ट्रपतिका क्रियाकलापप्रति आपत्ति जनाए ।सरकारले चोरबाटोबाट संवैधानिक परिषद्लगायतका अध्यादेश ल्याएको देउवाले बताए । उनले ‘प्रधानमन्त्री संविधान समाप्त पार्ने खेलमा लागेको बताए । संसद्को बजेट अधिवेशन बोलाउनु पर्ने बेलामा असंवैधानिक तवरबाट अध्यादेश ल्याइएको छ,’ देउवाले भने, ‘यसको हामीले दह्रो प्रतिकार गर्नुपर्छ । संसद् छलेर ल्याएको अध्यादेश अनुरुप बोलाएको बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताका हैसियतमा म उपस्थित नहुने निर्णय गरिसके । र, जानकारी पनि गराइसके ।’ देउवाले सोमबार प्रधानमन्त्री ओलीले लिन लागेको विश्वासको मतमा विपक्षमा मत हाल्ने र पार्टी नेतृत्वमा वैकल्पिक सरकार बनाउन पहल गर्ने निर्णय गर्नु पर्ने प्रस्ताव राखे । त्यही अुनरुप दलले निर्णय पनि गरेको छ । यसअघि बसेको पदाधिकारी बैठकले गरेको निर्णय अनुरुप आज दलको बैठकले निर्णय गरेको हो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend