सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पछिल्लो २४ घण्टामा भारतमा ४ हजार १९१ जनाले ज्यान गुमाए

पछिल्लो २४ घण्टामा भारतमा ४ हजार १९१ जनाले ज्यान गुमाए

एजेन्सी । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्याले रेकर्ड कायम गरेको छ । भारतीय मिडियाका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४ हजार १९१ जनाले ज्यान गुमाएका छन । भारतमा एकैदिन कोरोनाबाट मृत्यु हुने यो संख्या अहिलेसम्मकै धेरैे हो ।

भारतभर २४ घण्टामा ४ लाख १ हजार २८८ संक्रमित थपिएका छन् । पछिल्ला तीन दिनमा लगातार ४ लाख भन्दा धेरै संक्रमित थपिएका छन् ।

यस अवधिमा कोरोना मुक्त हुनेको संख्या ३ लाख १९ हजार ४६९ छ । अहिलेसम्म भारतमा कुल संक्रमितको संख्या २ करोड १८ लाख भन्दा धेरै पुगेका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३८ हजार नाघेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend