
वीरगन्ज । मेडिकल उपकरण (अक्सिमिटर)को कालोबजारी गर्ने १ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। उनले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाको मौका छापेर यस्तो गरेका हुन । खुद्रा मूल्य १ हजार ९०० को हाराहारीमा पर्ने अक्सीमिटरलाई ३ हजार ५०० देखि ४ हजार रुपैयाँसम्म लिएर बिक्री गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ नगवा बस्ने ३२ वर्षीया रामहरि तिवारी छन्। प्रहरीका अनुसार तिवारीले आफ्नो पसलबाटै बढी मूल्य लिएर अक्सीमिटर बिक्री गर्ने गरेका थिए। स्थानीय उपभोक्ताले दिएको सूचनाको आधारमा पुगेको प्रहरीले तिवारीको पसलबाट १२ थान अक्सीमिटर समेत बरामद गरेको छ। पक्राउ परेका तिवारीविरुद्ध कालोबजारीसम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend