![]()
काठमाडौँ । पत्रकार दिनेश दाहालको कोरोना संक्रमणबाट ४० वर्षको उमेरमा निधन भएको छ । वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । १५ दिनदेखि उपचाररत दाहालको शनिबार बिहान उपचारको क्रममा निधन भएको हो ।
विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गरेका थिए । पत्रकार दाहाल पछिल्लो समय सिपोस्ट न्यूज डटकमका सम्पादकरप्रकाशकका रुपमा पत्रकारितामा सक्रिय थिए । स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् ।
उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend